हाम्रो बारेमा

हामी एस्तो काम कहिले गर्दैनौ
- जनतालाई सास्ती हुने कुनै पनि नेपाल बन्द, चक्काजामजस्ता कार्यक्रम गर्दैनौं ।
- हिंसात्मक आन्दोलन गर्दैनौं ।
- कुनै पनि बहानामा व्यक्तिको सम्पत्ति तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउँदैनौं ।
- अपारदर्शी चन्दा उठाउदैनौं ।
- प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजर अन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौं ।
- प्राकृतिक सम्पदाको अनुचित दोहन गर्दैनौं ।
- कुनै पनि बहानामा राज्यको स्रोतसाधन र शक्तिको दुरूपयोग गर्दैनौं ।
- अनावश्यक रुपमा विदेश भ्रमण गर्दैनौं
- विदेशमा स्वास्थ्य उपचारका लागि राज्यको सम्पत्तिको प्रयोग गर्दैनौं ।
- राष्ट्रहितविपरीत अनुचित सम्झौता गर्दैनौं ।
- राजनीतिका लागि ‘लाजनीति’ गर्दैनौं ।
- कुनै पनि धर्म, सम्प्रदाय, यौनिक अल्पसंख्यक तथा जातजातिविरूद्ध द्वेष फैलाउने र उत्तेजना सिर्जना गर्ने कार्य गर्दैनौं र कुनै पनि प्रकारको भेदभाव गर्दैनौं ।
- कुनै पनि भ्रातृ संगठन बनाउँदैनौं ।
- अवकाशपछि राज्यबाट कुनै सुविधा लिदैनौं ।
- एउटै पदमा दुई पूर्ण कार्यकालभन्दा बढी बस्दैनौं ।
- चुनाव हारेकालाई चोर बाटोबाट संसद् वा सरकारमा ल्याउँदैनौं ।
- संसद्मा सकेसम्म गयल हुँदैनौं, गयल भए भत्ता लिदैनौं ।
- हामी कुनै पनि प्रकारको काम गर्दैनौ र अरुलाई गर्न पनि दिनॊउ
नालायक पार्टीको बारे
सबै देश तथा विदेश मा बस्नुहुने सम्पूर्ण नेपालीहरुको प्रगति र उन्नतिप्रति कटिवद्ध रही न्यायसहितको अपार अर्थतन्त्रको बाडफड गरि, गाउ गाउ सम्म फ्री बिद्यालय, फ्री स्वास्थ्य, र फ्री इन्टरनेट प्रदान गर्नुको साथै प्रतेक जनताका छोरा छोरीलै १०+२ पास गर्ने बितिकै विदेशमा भाडा माझन वा विदेश मा हराउन वा उतै कमाई गर्ने ब्यबथा मिलाइदिने र विमानस्थल सम्म जना लाग्ने Taxi भाडा पनि फ्री गरिदिने, हाम्रो नालायक पार्टी को दृढ संकल्प रहेको छ ! यसप्रणाली नै हाम्रो लोकतान्त्रिक पार्टीको परि कल्पना हो र एस पार्टीको सभापति गनेश्वोर प्रसाद कोइराला भएता पनि प्रधानमन्त्री को लागि शिवजी राई चामलिंग संग मेलमिलाप भएको छ।


अन्तरास्ट्रिय सम्बन्ध र पैसा
हामी विदेशी हस्तक्षेपहरूलाई समर्थन गर्दैनौं बरु हामीलाई डलर र पाउन्ड मन पर्छ। हामीलाई हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरू मन पर्छन्।
हाम्रा केहि उपलब्धिहरु पढनुहोस

जान्नेलाई छान्नी हो
राजनीतिक पद, नोकरी पद, र विकास परियोजना बाँडफाँड प्रायः योग्यता भन्दा पनि पार्टी सम्बन्धमा निर्भर गर्दछ। धनी वा प्रभावशाली परिवारहरूले पार्टी नेतृत्वमा प्रभुत्व जमाउँछन्, जसले गर्दा तल्लो तहका आवाजहरूलाई सीमान्तकृत गरिन्छ। संरक्षण सञ्जालहरूले कोष र स्रोतहरूको कुप्रबंधनलाई सहज बनाउँछन्।
हाम्रा केहि उपलब्धिहरु पढनुहोस

Don’t Ask any Questions?
चुनावअघि नागरिकका लागि एक मानसिक स्वास्थ्य मार्गदर्शन र यो अत्यन्तै गम्भीर, वैज्ञानिक, र सुन्य प्रतिसत भावनात्मक राष्ट्रिय सूचना हो। चुनाव नजिकिँदै गर्दा देशभर उत्साह, भाषण, घोषणा, माइक, पोस्टर र गहिरो सुनिने तर अर्थ सबैलाई फरक–फरक लाग्ने नारा फैलिएको छ। यस वर्षको सबैभन्दा महत्वपूर्ण सार्वजनिक निर्देशन अत्यन्तै सरल छ:
हाम्रा केहि उपलब्धिहरु पढनुहोस
यो देशले बारम्बार जन्माएको, हाम्रा विद्वान नेताहरु
नेपाल बहुदलीय लोकतान्त्रिक गणतन्त्रमा संक्रमण भएदेखि (राजतन्त्रको अन्त्य र २०१५ को संविधान लागू भएपछि), भ्रष्टाचार घट्नुको सट्टा निरन्तर र प्रणालीगत समस्या बनेको छ /
लोकतान्त्रिक शासनको बावजुद पनि भ्रष्टाचार गहिरो रूपमा जरा गाडेको छ। उच्चस्तरीय घोटालाहरू, कमजोर कार्यान्वयन, राजनीतिक सौदाबाजी र सामाजिक स्वीकृतिले समस्यालाई निरन्तरता दिरहेकोछ। हालैको जनआन्दोलनहरूले बढ्दो सार्वजनिक निराशालाई प्रतिबिम्बित गर्दछन्, विशेष गरी युवा पुस्ताहरूमा जसले बढी जवाफदेहिता, संस्थागत सुधार र बढी पारदर्शी राजनीतिक संस्कृतिको माग गर्छन्।

शिवजी राई चामलिंग
अपकी बार चामलिंग सरकार प्रधानमन्त्री दाबेदार

गनेश्वोर प्रसाद कोइराला
अपकी बार चामलिंग सरकार पार्टी सभापति

आलु कमल दाहाल – पंकीपांडा
भ्रष्टाचार विरोधी स्पष्टवक्ता अनुहार, तर ओसिलो राजनीतिक अस्तव्यस्तताले घेरिएको।
Join our team!
Feeling inspired? Be part of a team that values innovation, collaboration, and growth. Together, we create impactful strategies that make a difference.
